“सदस्यहरूको आर्थिक, सामाजिक तथा संस्थागत सशक्तीकरण गर्दै दिगो, पारदर्शी र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्ने विश्वसनीय सहकारी संस्था निर्माण गर्ने।”
“सदस्यहरूलाई सरल, सुरक्षित र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै उनीहरूको जीवनस्तर उकास्ने।”
१. सस्थामा संलग्न सदस्यहरुमा मितब्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानिको बिकाश गर्ने ।
२. सदस्यहरुको ब्यक्तिगत एवम् सामूहिक क्षमता अभिवृद्धि गरी स्वावलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पुराउने ।
३. सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा
सदस्यहरु मार्फत लगानी प्रबर्धन गरी छरीएर रहेका पूजिलाई संकलन गरी आयमूलक क्षेत्रमा लगानी गर्ने ।
४. सदस्यहरुको दैनिक जीवनका बिबिध क्षेत्रमा संस्थागत सहयोग पुराउने खालका सेवामूलक कार्यक्रमहरू संचालन गरी सहकारिताको महत्व स्थापित हुने काम समुदायमा प्रदर्शित गर्ने ।
५. सदस्यहरुको आवश्यकता लाई परिपूर्ति गर्न अन्य बित्तिय संघ, संस्था, बैंक बाट थोक कर्जा लिई लगानी गर्ने ।
६. संस्था र सदस्यको हित र आर्थिक बृद्धिको लागि उत्पादन, संकलन, भण्डारण र बेचबिखन सम्बन्धि कामकाज गर्ने ।